नेपालमा टिभिएसकाे एनटाेर्क किन्नेकाे संख्या ५० हजार नाग्याे, सेलिब्रेसन राइड गर्दै जगदम्बा

  २०७८ असोज १४ गते १५:४२     विकासन्युज

काठमाडौं । नेपालमा टिभियसकाे एनटाेर्क स्कुटर किन्नेकाे संख्या ५० हजार पुगेकाे छ ।टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सकाे अनुसार नेपालमा टिभिएसकाे एनटाेर्क स्कुटर किन्नेकाे संख्या ५० हजार पुगेकाे हाे ।

कम्पनीले यही उपलक्ष्यमा सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गर्ने भएकाे छ ।

यो राइड असोज १६ गते नक्सालको टिभियस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म हुनेछ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिने कम्पनीले जनाएकाे छ ।

उक्त सेलिब्रेसनको मुख्य उद्देश्य सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु रहेकाे कम्पनीले जनाएकाे छ ।

जगदम्बाकाे अनुसार लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् ।

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । टिभिएसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.