क्रिकेट संघका सचिव प्याकुरेलले दिए राजीनामा

  २०७८ असोज १३ गते १८:१४     विकासन्युज

काठमाडाैं । नेपाल क्रिकेट संघका सचिव अशाेकनाथ प्याकुरेलले राजीनामा दिएका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नाे पद छाडेकाे जानकारी दिएका हुन् । प्याकुरेलले अब नयाँ नेतृत्वलाई अवसर दिन आफूले स्थान खाली गरेको बताए ।

दुई वर्षअघि चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । उनी सचिवका प्रत्यासी विनोद कुमार मैनालीलाई २८ भोटले हराउँदै निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.