कुमारी बैंक र यती एयरलाइन्सबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’को व्यवसायिक सहकार्य

  २०७८ असोज १३ गते १६:४३     विकासन्युज

काठमाडौँ । कुमारी बैंक लिमिटेड र यती एयरलाइन्सबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यवसायिक सहकार्य भएको छ ।

बैंक र एयरलाइन्सबीच व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात भएको जनाईएको छ । यतीको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेविट कार्ड (एटिएम कार्ड) लाई एकीकृत गरेर कुमारी स्काई क्लब ‘को–ब्राण्ड’ कार्ड जारी गरिएको हो ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकले अब हरेक खरिदमा सो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगर्दा पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भन्दै हवाई यात्राका लागि बैंकका ग्राहकहरुलाई प्रोत्साहीत हुने जनाए ।

उनका अनुसार हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य भिन्न शैलीमा नेपालमा पहिलोपटक भएको हो ।

एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनोज रिमालले कुमारी बैंक र एयरलाइन्सबीचको साझेदारीले दुबैका ग्राहकले जुनसुकै समयमा सो सुविधा प्राप्त गर्न सक्ने बताए ।

यस किसिमको सहकार्य दुबै पक्षका लागि नवीन र महत्वपूर्ण भएको रिमालको भनाई छ । ‘स्वाईप एण्ड फ्लाई अभियान’ले बैंकका ग्राहकले कुमारी स्काई क्लब कार्डबाट खर्च मात्र नभई खर्च गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् अनि सो प्वाइन्ट्सबाट ग्राहकले यती एयरलाइन्सको निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् ।

उक्त अभियानले दुईवटा कार्ड बोकिरहन नपर्ने र एउटै कार्डले दुईवटा काम गर्ने यती एइरलाइन्सले जनाएको छ ।

यतीका व्यापार प्रमुख युवराज विष्टले बैंक र एयरलाइन्सको साझेदार ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुने जानकारी दिए । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्ने र आवश्यकतानुसार एएरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।

कुमारी बैंकको डेविट कार्डबाट १०० भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.