सिटी सेन्टरमा सुरु भयो अर्गानिक कृषि मेला

  २०७८ असोज १३ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपालमा नै उत्पादन गरिएका अर्गानिक कृषि तथा उपभोग्य बस्तुको मेला सिटी सेन्टरमा सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गत नेपाल महिला चेम्बरले दशैं तथा तिहारलाई लक्ष्ति गर्दै सो व्यापार मेला आयोजना गरेको हो ।

बुधबारदेखि सुरु भएको मेला असोज २७ गतेसम्म सिटी सेन्टरमा हुने नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिईन ।

उनका अनुसार सो मेलामा महिलाहरूले उत्पादन गरेका घरायसी सामग्रीहरु प्रदर्शनीमा राखिएकोे छ । ३० वटा स्टल रहेको मेलामा विभिन्न घरायसी सामानहरू राखिएका छन् ।

उनले सुरक्षाको मापदण्ड अपनाउँदै उद्यमशिलतामा लाग्नु पर्ने कुरालाई पनि श्रेष्ठले जोड दिइन् । यस्तो मेलाले नेपाली दिदी बहिनीहरूको उद्यमशिलतालाई अझ थप प्रोत्साहन हुने र बजारीकरण गर्नको लागि समेत थप मौका मिल्लो कुरामा उनले जोड दिईन ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोभिडबाट डराएर अर्थतन्त्र चलायमान नहुने भन्दै देशमा स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बन्ने कुरामा ध्यान दिन अग्रह गरे ।

महिला चेम्बरले ७७ जिल्लामध्ये ७५ जिल्लामा संरचना स्थापना गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.