जावाकाे बाइक किन्दा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

  २०७८ असोज १२ गते १९:२९     विकासन्युज

काठमाडौं । दसैं तथा तिहारको अवसरमा जावाले नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट ९तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीको दावी छ ।

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो ।

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्र्याएको हो । आग्नि माटो इन्क अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्कको हाल १३ वटा डिलर नेटवर्क रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.