समयमा नै रेबिजकाे खाेप लगाए सुरक्षित भइन्छ: डा. अनुप बास्ताेला

  २०७८ असोज १२ गते १२:४५     विकासन्युज

काठमाडाैं । ‘तथ्य बुझौँ, त्रसित नहोऔँ’ भन्ने मुल नारासहित ‘विश्व रेबिज दिवस २०७८’ नेपालमा पनि मनाइएको छ । मंगलबार इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाले जावलाखेलस्थित चिडियाखानामा एक कार्यक्रम आयोजना गरी विश्व रेबिज दिवस मनाएको हो ।

साे कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडेमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए । उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भन्दै जनावरको टोकाइबाट हरेक महिना थोरैमा एकदेखि दुई जना मानिसको मृत्यु भइरहेको जानकारी दिए ।

‘घरपालुवा कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाएर पनि आफू बच्न सकिने । कुनै पनि जनावरले टोकिसकेपछि १०/१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा पनि यसको असर कम हुन्छ,’ उनल भने ।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले वर्षेनी २ दर्जनजति रेबिजको लक्षण भएका बिरामीहरु टेकु अस्पतालमा आउने गरेको बताए । उनले देशभरमा रेबिजबाट मृत्यु हुनेहरुको वार्षिक तथ्यांक राख्न आवश्यक रहेको बताउँदै यसको लागि पहल गरिरहेको बताए ।

‘विकसित देशहरुमा अहिलेसम्म पनि रेबिज भइसकेका व्यक्तिहरुमा औँलामा गन्न सकिनेलाई मात्र बचाउन सकिएको देखिन्छ । नेपालमा भने हावादेखि डर लाग्ने र पानी खानदेखि डराउने जस्ता लक्षण देखिसकिएका मानिसहरुलाई बचाउन सकिदैन त्यसैले समयमै जनावरको टोकाइपछि रेबिजविरुद्धको खोप लगाउनुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.