होण्डा चाडपर्व अफर: प्रत्येक प्रदेशबाट एक जनाले १ लाख रुपैयाँका साथै थुप्रै उपहार

  २०७८ असोज ११ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘होण्डाको साथ ७’ दशैं तथा तिहार स्किम ल्याएकाे छ ।

कम्पनीले नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरेकाे यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई १ लाख रुपैयाा पाउनेछ ।

यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयाच कुपन मार्फत हात खाली नजाने गरी १ लाखसम्म नगद उपहारका साथै ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट र ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यसैगरी होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यासब्याक पाइनेछ ।

यति मात्र नभई यस योजनामा ग्राहकले मात्र १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १ प्रतिशत ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्नेछन् । यसका साथै बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.