नेपाल लाइफले दुई महिनामै कमायो साढे ७ अर्ब प्रिमियम, अरूले कति ? (सूचीसहित)

  २०७८ असोज ११ गते १७:०४     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दुई महिनामै २८ अर्ब रुपैयाँ बढी बीमाशुल्क संकलन गरेका छन् । उनीहरुले आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्ममा कूल २८ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएका हुन् ।

हाल सञ्चालित १९ वटा जीवन बीमा कम्पनीले गत साउन र भदौमा कूल ८७ लाख ९६ हजार ८८ वटा बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क उठाएका हुन् । कूल बीमालेखमध्ये ८२ लाख ८ हजार ५२५ वटा जीवन बीमालेख र ५ लाख ८७ हजार ५६३ वटा बैदेशिक रोजगार बीमालेख बिक्री भएका छन् ।

समिक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रिमियम संकलन गरेको छ । कम्पनीले दुई महिनामा ११ लाख ६ हजार ३६४ वटा बीमालेख बिक्री गरी ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको हो ।

त्यस्तै, अन्य ५ वटा कम्पनीले एक अर्बभन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानले ४ अर्ब ३४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३ अर्ब ३६ करोड, नेशनल लाइफले २ अर्ब ४१ करोड, यूनियन लाइफले एक अर्ब ३५ करोड र एशियन लाइफले एक अर्ब ५ करोड रुपैयाँ बराबरको प्रिमियम आर्जन गर्न सफल भएका छन् ।

कसको कति ?

बाँकी रहेका अन्य जीवन बीमा कम्पनीले भने अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये महालक्ष्मी लाइफले सबैभन्दा कम प्रिमियम संकलन गरेको छ । इन्स्योरेन्सले साउन र भदौ दुई महिनामा २८ हजार ८८१ वटा बीमालेख बिक्री गरी कूल २० करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ ।

बीमालेखको आधारमा भने रिलायबल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी संख्यामा बीमालेख बिक्री गरेको छ । कम्पनीले चालु आवको दुई महिनामै सो मात्राको बीमालेखबाट कूल ६६ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी कूल ३९ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । उनीहरुको कूल २ हजार १३५ वटा कार्यालय रहेका छन् । जहाँ ५ हजार ८९१ जना कर्मचारीहरु कार्यरत रहेका समितिले जनाएको छ ।

सम्बन्धित थप समाचार

बीमा क्षेत्रले दुई महिनामै उठायो साढे ३४ अर्ब प्रिमियम, सबैभन्दा बढी जीवन बीमाको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.