घोडाघोडी यातायातद्वारा काठमाडौं– काकँडभित्ता बस सेवा विस्तार

  २०७८ असोज ११ गते ११:४०     विकासन्युज

काठमाडाैं । घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौं–जोमसोम–मुक्तिनाथ,काठमाडौं–बेनी–दर्वाङ, काठमाडौं–बुर्तिवाङ–रुकुमकोट, काठमाडौं–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौं–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो ।

सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो ।

प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘अहिले काठमाडौं–काकँडभित्ता सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौं’, उनले भने ।

उक्त बस काठमाडौंको नयाँ बसपार्कबाट छुट्नेछ । विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.