७२ यात्रु बोकेको बुद्धको जहाज ल्याण्ड गर्न नसकेपछि आकाशमै, फर्म राखेर ल्याण्डिङको तयारी

  २०७८ असोज ११ गते १०:३२     विकासन्युज

अपडेट: यसैबीच बुद्ध एयरको ९ एनएनएआई जहाज सुरक्षित अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकेकाे जहाज अन्ततः सामान्य तरिकारले ल्याण्ड भएकाे एक इन्जिनियरले बताए ।

‘हामी जहाज ल्याण्डका लागि आवश्यक उपकरण सहित तयारी अवस्थामा थियौं, तर नर्मल तरिकाले जहाज ल्याण्ड भयो’, बुद्धका एक इन्जिनियरले भने ।


काठमाडाैं । सोमबार बिहान काठमाडौंबाट विराटनगर गएको बुद्ध एयरको जहाजमा समस्या भएपछि पुनः काठमाडौं फर्किएको छ । विराटनगर विमानस्थलमा अवरतणमा समस्या भएपछि काठमाडौं फर्किएको सो जहाज २० मिनेटदेखि होल्ड भएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा आकाशमा होल्ड भएको बुद्धका एक इन्जिनियरले जानकारी दिए । उनका अनुसार आकास्मिक अवतरणको तयारी भएको छ ।

‘हामीले तलबाट हेर्दा जहाजको पांग्रा देखेका छौं, पाइलटकले देख्नु भएको छैन, रनवेमा फर्म ओछ्याएर अवतरण गर्ने कि भन्ने तयारीमा छौं, तर छलफल भइसकेको छैन’, उनले भने ।

९ एन एएनआई एटिआर ७२ सिटे सो जहाज फुल अकुपेन्सी (७२ जना यात्रु) रहेको बुद्ध एयरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.