महालक्ष्मी लाईफले रौतहट र बारामा गठन गर्यो राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी

  २०७८ असोज १० गते १८:०५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटी गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यीय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको हो ।

असोज ९ गते रौतहटको दुर्गा भगवती गाउपालिका सामूदायिक भवनमा एक कार्यक्रम विच राष्ट्रिय बीमा जागरण जिल्ला कमिटिको गठन गरिएको हो । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।

शंभु सिहंको अध्यक्षतामा संचालन भएको कार्यक्रममा महालक्ष्मी लाईफका क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका छन् । बीमा जागरण राष्ट्रिय अभियानका केन्द्रिय सदस्य रिषिकान्त गुप्ता, रामाशंकर प्रसाद यादव र गाउँपालिका वडा नं. ३ का अध्यक्ष डि के झाले बीमा जागरणको महत्व बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी बारा जिल्लाको निजगढमा एजेन्सी म्यानेजर विनोद खरेलको संयोजकत्वमा २१ सदस्यिय बारा जिल्ला राष्ट्रिय बीमा जागरण कमिटि गठन गरिएको छ । उक्त नवगठित कमिटिको अग्रसरतामा गौरीशंकर क्याम्पस, निजगढमा आज बीमा जनजागरण तथा सचेतना कार्यक्रम सञ्चालन भएको हो ।

४५ जनाको सहभागिता रहेको कार्यक्रममा क्याम्पस प्रध्यानअध्यापक रामप्रसाद गौतमले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख प्रशान्तराज धमला र एजेन्सी विभाग प्रमुख सिताराम धिमालले बीमाको महत्व र आवश्यकताको बारेमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.