याे चाडपर्वमा रेनोकाे गाडी किन्दा ३ लाखसम्म फाइदा

  २०७८ असोज १० गते १८:२१     विकासन्युज

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्सड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना ‘रेनो शुभ कार–रम्भ’ को शुरुवात गरेको छ । दशैंतिहारलाई लक्षित गर्दै कम्पनीले ‘चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ’ याेजनाकाे सुरुवता गरेकाे हाे ।

यस अवसरमा रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाखसम्मको कुल फाइदा प्राप्त गर्न सक्ने छन् । ग्राहकहरु यस योजना अन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागी निः शुल्क सर्भिसिंग र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरु पाउनेछन्

कम्पनीकाे अनुसार यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.