सप्तरीका शाह बने ‘टिभिएस ६ प्राइजको सपराइज’ मा १० लाख जित्ने पहिलो विजेता

  २०७८ असोज १० गते १७:५०     विकासन्युज

काठमाडौं । दशैंतिहारलाई लक्षित गर्दै टिभिएसले ल्याएको टिभिएस ६ प्राइजको सपराइज योजना अन्तर्गत सप्तरीका राज कुमार शाहले १० लाख रुपैयाँ हात पारेका छन् ।

शाहले टिभिएस अपाचे आरटिआर १६० फोरभी किन्नु अगाडी ७ हजार पहिला नै हात पारिसकेका थिए भने खरिद गर्ने क्रममा १० लाख परिणामको धनरासी हात पारेका हुन् ।

६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजना अन्तर्गत ग्राहकहरूले बिभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुनेगरी विभिन्न आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन् ।

चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइज को सपराइज प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकले किन्दै नकिनी http://tvsnepal.com/Dashainमा गएर १ लाख सम्म जित्न सक्नेछन् भने सवारी खरिद १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन् । यति मात्र नभएर दैनिक एक थान रियलटाइम सि २० स्मार्ट फोन पनि ग्राहकको लागि उपहार स्वरुप यस योजना अन्तर्गत राखिएको छ ।

यसैगरी यस योजनाले ग्राहकलाई हरेक हप्ता शत प्रतिशत क्यास ब्याकको अफर समेत राखेको छ, जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टिभिएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको छ । यस योजनाको मुख्य सपराइज चाहिँ यसको बम्पर प्राइज नै रहेको छ, जहाँ १ जना भाग्यमानी ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन् ।

योजना अवधी भरी सम्पूर्ण विजेताको छनौट प्रत्यक्ष गोलाप्रथामार्फत हरेक आइतबार साँझ ७ बजे हिमालयन टीभीबाट प्रशारण गरिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.