पुँजी बजारमा टेक्निकल टुल्स गलत छः मुक्ति अर्याल

  २०७८ असोज १० गते ११:४४     मुक्ति अर्याल


पुँजी बजारमा प्रयोग गरिने टेक्निकल टुल्स प्रयोगकर्तालाई कसैले पनि फ्याक्ट नबताउने गरेको पाईएको छ, यो गलत छ । टेक्निकल टुल्स सिकाउँदा हाम्रो कन्टेक्समा यसका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताउनु आवश्यक छ ।

हामीकहाँ टेक्निकल टुल्सको प्रयोगमा केहि समस्या छन् । तिमध्ये सबैभन्दा ठुलो समस्या भनेको स्टप लस हो । सेटलमेन्ट प्रोसेस २-३ (देखि ४/५ वा अझ बढी) दिन लाग्ने भएकाले कसैले पनि किन्ने बित्तिकै स्टप लस राख्न सक्ने अवस्था छैन । त्यो अवस्थामा किनेको दिनदेखि स्टकको प्राइस घट्न गएमा ट्रेडर्सलाई धेरै (२०-३० प्रतिशत वा अझ बढी पनि) लस हुने अवस्था छ । तर यो फ्याक्ट कसैले बताएको वा बताउने गरेको देखिँदैन । यो इथिकल र प्रोफेसनल अनेष्टी होइन ।

टेक्निकल टुल्स प्रयोग गर्दा स्टप लस गर्नसक्ने अवस्था हुँदैन भने त्यो अवस्थामा टेक्निकल टुल्स प्रयोग गर्नु हुँदैन । टेक्निकल टुल्सका लिमिटेसन, डिसएडभान्टेज र रिक्सबारे सबै प्रष्ट बताएको अवस्थामा कसैले यी टुल्स प्रयोग गरेमा यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार प्रयोगकर्ता नै हुनेछ। अन्यथा यसको नैतिक जिम्मेवारी सिकाउने व्यक्तिमा रहन्छ ।

टेक्निकल टुल्सको प्रयोगमा स्टप लस हुनैपर्छ । सो नभएको कारण टेक्निकल टुल्सको प्रयोग गलत छ । सेटलमेन्ट प्रोसेस ढिलो (मानौं न्युनतम २ दिन) भएको कारण स्टप लस नहुने र स्टप लस नहुँदाको अवस्थामा ट्रेडर्सलाई २० प्रतिशत वा सोभन्दा ज्यादा नोक्सानी हुन सक्छ । ट्रेडर्सले जानकारी राख्न आवश्यक छ ।

(पुँजी बजारबारे फण्डामेन्टल एनालाइसिस् गर्ने विश्लेषक अर्यालले समाजिक सञ्जालमा व्यक्त गरेका धारणा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.