सोमबारदेखि निगमका कर्मचारीले पाउने भए रोकिएको तलव

  २०७८ असोज १० गते ११:००     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यरत कर्मचारीले रोकिएको तलवभक्ता पाउने भएका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलीत बनेका कर्मचारीले गत साउनदेखि तलवभक्ता पाएका थिएनन् ।

निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले झन्डै ३ महिनादेखि ट्रेड युनियनका नाममा आन्दोलन गर्ने कर्मचारीलाई समेत तलव खुवाउने निर्णय गरेसँगै कर्मचारीले तलव पाउने भएका हुन ।

महाप्रवन्धक पौडेलले कानुनले दिएको विशेषाधिकार प्रयोग गरेर सोमबारदेखि तलव खुवाउने निर्णय गरेका हुन् । पौडेलले तीन महिनाको तलव खुवाउनका लागि झन्डै ३० करोड रुपैयाँ बराबरको रकम निकासा गर्ने निर्णय गरिएको जनाएका छन् ।

निगमलाई कम्पनी मोडलमा लैजाने निर्णयसँगै आन्दोलनमा उत्रिएका कर्मचारीले महप्रवन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । कर्मचारीको आन्दोलनका कारण निगम सञ्चालक समितिको बैठक बस्न नसक्दा तलव भक्ता लगायत कार्यलयका कामहरु रोकिएका छन् ।

कार्यालय प्रवेशमा रोक लगाएसँगै सञ्चालक समितिको बैठक बस्न नसक्दा आर्थिक वर्ष २०७८/७९ को बजेट समेत परित हुन सकेको छैन । कर्मचारीहरुले गत असार १८ गतेदेखि निगमको कार्यालयमा धर्ना सँगै महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् ।

कर्मचारीले कार्यालय प्रवेशमा रोक लगाएपछि उनी तालुक मन्त्रालयका रुपमा रहेको पर्यटन मन्त्रालयमा हाजिर गर्दै आएका छन् । उनले मन्त्रालयबाटै कर्मचारीलाई तलव खुवाउन लागेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत रोकिएको तलव खुवाउन लागिएको जनाएका हुन । ‘नेपाल वायुसेवा निगममा गत असार १८ गतेदेखि चलिरहेको ‘आन्दोलन’ का कारण सञ्चालक समितिको बैठक बसि बजेट समेत पास हुन नसकि तलब समेत बितरण गर्न सकिएको छैन् । वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने हाम्रो चाहना ‘आन्दोलनरत’ साथीहरुका कारण सफल हुन नसकिरहेको अबस्था बिध्दमान छ । यस्तो कठिन अवस्थामा पनि सबै उडानहरु सुचारु गर्न अहोरात्र खट्नुहुने कर्मचारी साथीहरुको लगनशिलता प्रशंसायोग्य छ । कर्मशिल सोझा सिधा कर्मचारीहरुको जिवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थाले लाई मध्यनजर गर्दै गत १५ दिनको प्रयास तथा तालुक मन्त्रालय सँगको गहन छलफल गरि महाप्रबन्धकमा रहेको बिशेषाधिकार प्रयोग गरि आगामी सोमबार देखि सुरुदेखी हालसम्मको सम्पुर्ण तलब भत्ता भुक्तानि दिने निर्णय गरेको छु । यो निर्णयबाट निगमका सम्पूर्ण निष्ठावान कार्यरत र आन्दोलनरत कर्मचारीहरुमा राहत पुग्ने अपेक्षा गरेको छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.