चाँगुनारायणलाई शैक्षिक हब बनाउँंछौं: मेयर मिश्र

  २०७८ असोज ९ गते १८:१४     विकासन्युज

काठमाडौं । भक्तपुरको चाँंगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले आफनो नगरपालिका क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने बताएका छन् । नेपाल इन्जिनियरिङ्ख कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको २७ औं स्थापना दिवस समारोहको शनिबार कलेजमा भएको उद्घाटन समारोहमा उनले यस्तो बनाएका हुन् ।

कलेज व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मिश्रले नेकलाई तीनचार वर्षमा विश्वविद्यालयको रुप दिने बताए । कलेजलाई अझै सार्वजनिक तथा पर्ति जग्गा दिएर भौतिक संरचना वढाउने योजना रहेको उनले सुनाए ।

स्थापना दिवसको प्रमुख अतिथि काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए । समारोहको अवसरमा प्रमुख अतिथि प्राडा थापाले २० वर्षदेखि कलेजमा अविच्छिन सेवारत २० जना शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरे ।

उनीहरुलाई दोसल्ला ओढाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरी सम्मानित गरिएको थियो । साथै कार्यक्रममा अतिरिक्त क्रियाकलापबाट शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा कलेजमा आइसोलेसन केन्द्र सञ्चालन गर्न विशेष योगदान पु¥याए वापत कलेजका कर्मचारी मनोहर खनाललाई सम्मान गरियो । कलेजको कार्यक्रम हलमा कोभिडको बेला आइसोलेसन सञ्चालन गरिएको थियो ।

समारोहकै अवसरमा कलेज सञ्चालनका संस्थापकहरु हरिप्रसाद पाण्डे र इन्जिनियर सलिल भट्टराईलाई सम्मान गरेको छ । सोही अवसरमा नेकबाट प्रोफेनल इन्जिनियरिङ्ख सर्टिफिकेट प्राप्त गर्न सफल कलेजमा अध्यापनरत तुसिता चाँंदनी शाह र कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।

सोही अवसरमा कलेजको स्नातक र स्नातकोतर तहमा सर्वाेत्कृष्ट स्थान हासिल गर्न सफल स्नातक तहका पाँंच जना र स्नातकोतर तहका चार जना विद्यार्थीलाई पनि सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.