जुम्लामा ४१ हजारलाई कोरोनाविरुद्धको खोप

  २०७८ असोज ९ गते १२:३१     विकासन्युज

जुम्ला । जुम्लामा १८ वर्षमाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । शनिबारदेखि यहाँका १८ वर्षमाथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको बताइएको छ ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लाको कुल जसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार सो खोप दिन लागिएको हो ।

यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर ५४७ स्वयंसेविका परिचालन गरिएको उहाँको भनाइ थियो ।

कार्यालयका अनुसार जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन हाल ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको छ । जिल्लाभर २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन् ।

प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले सबै नागरिकलाई खोपको पहुँच पु¥याउने सरकारको लक्ष्य सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.