ईपीएल सुरु, कसले हात पार्ला ५० लाखको पुरस्कार ?

  २०७८ असोज ९ गते १२:२५     विकासन्युज

काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको शनिबारदेखि सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सवा १२ बजेदेखि सुरू भएकाे हाे ।

उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ खेलिरहेका छन् । कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएकाे ललितपुर जितबाट प्रतियोगिताको सुरुवात गर्न चाहन्छ । काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएकाे छ । काठमाडौंले टस जितेर बलिङ रोजेको छ ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान टियुमा चौथो संस्करणको इपिएल ९ देखि २३ गतेसम्म चल्नेछ । यसपटकको इपिएलका विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने आयोजक इपिएलले जनाएको छ । घरेलु फ्रेन्चाइज लिगमा च्याम्पियन टोलीले ५० लाख धनराशि पाउन लागेको यो पहिलोपटक हो ।

इपिएलको इतिहासमा ललितपुर सर्वाधिक सफल टोली हो । पहिलो र तेस्रो संस्करण ललितपुरले हात पारेको थियो । यसपटकको इपिएलमा २४ जना विदेशी खेलाडी खेल्दैछन् । प्रत्येक टिममा ४–४ जना गरी ६ टिमका २४ विदेशी खेलाडी प्रतिस्पर्धामा उत्रन लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.