भृकुटीमण्डपमा यामाहाको महा एक्सचेन्ज मेला सुरु, कुनै पनि पुरानाे बाइक साट्न पाइने

  २०७८ असोज ८ गते १८:४३     विकासन्युज

काठमाडाैं । नेपालको लागि यामाहा मोटरसाइकलकाे आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यो वर्षको दशैं तिहार लक्षित गरेर पुरानो बाइक एक्सेञ्ज गरी नयाँ यामाहा बाइक वा स्कूटी घरमा भित्राउने महामेला आयोजना गरेकाे छ ।

आजबाट सुरु भएकाे मेला असोज १५ गतेसम्म भृकुटीमण्डपमा हुने कम्पनीले जानकारी दिएकाे छ ।

पुराना कुनै पनि ब्राण्डका बाइक तथा स्कूटीहरुसँग सट्टापट्टा गर्ने समेत सुविधा भएको उक्त महामेलामा कुनै पनि पुरानो बाइकको मुल्य बजारमा प्रचलित रहेको भन्दा १० हजार रुपैयाँ बढी मुल्याकन गरिने ग्यारेन्टी रहेको कम्पनीले जनाएकाे छ ।

साथै मेलामा हरेक दिन टेस्ट राइड गर्नेहरुमध्येबाट एकजनालाई सुन उपहारको व्यवस्था गरिएको छ धने शुन्य प्रतिशत ब्याजदर, न्यून डाउनपेमेन्ट र न्यून मासिक किस्तासहितको अन द स्पट फाइनान्सको सुविधा पनि उक्त महामेलाको प्रमुख आकर्षण रहने कम्पनीले जानकारी दिएकाे छ ।

यामाहाका ग्राहकहरुलाई प्रदान गरिने उपहार सुविधाका बाहेक यस मेलामा नेपाली बजारमा अत्यन्त लोकप्रिय रहेको एफ जेड भि ३ को यामाहा बाइक नयाँ प्रविधि एक्स कनेक्टका साथ पेश गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.