एचएमडी ग्लोबल काठमाडौंले किंग्स ११ सँग साझेदारी गर्दै

  २०७८ असोज ८ गते १७:५०     विकासन्युज

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नेपालको घरेलु टी २० प्रतियोगिता एभरेस्ट प्रिमियर लिग ९ईपीएल० मा काठमाडौं किंग्स इलेवन (केकेएक्सआई) को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ ।

यो प्रतियोगिताको चौथो संस्करण गत वर्ष हुने तय भएपनि कोभिड १९ को कारणले यो असोज ९ गते देखि असोज २३ सम्म हुने भएको छ ।

एचएमडी ग्लोबल प्यान एसियाका जेनेरल म्यानेजर रवि कुँवर केकेएक्सआईसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित भएको बताए ।

विश्व प्रसिद्ध क्रिकेट खेलाडी शाहिद अफ्रिदी र नेपालका सुपरस्टार सन्दीप लामिछाने केकेएक्सआइका लागि एउटै टीममा एकजुट भएर खेल्नेछन् ।

प्रतियोगितामा भैरहवा ग्लाडिएटर्स, विराटनगर वारियर्स, चितवन टाइगर्स, काठमाडौं किंग्स ११, ललितपुर प्याट्रियट्स र पोखरा राइनोज गरी ६ वटा टीमहरु सहभागी हुनेछन् । खेलाडीहरुको सूचीमा शाहिद अफ्रिदी, र्यान पठान, ओशादा फर्नान्डो, रिचर्ड लेवी, सीकुगे प्रसन्ना जस्ता अन्तर्राष्ट्रिय खेलाडीहरु पनि परेका छन् ।

केकेएक्सआइको पहिलो खेल ललितपुर प्याट्रियट्स सँंग उद्घाटनको दिनमा हुने तय भएको छ । सबै खेलहरु कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइनेछ ।

एचएमडी ग्लोबल फिनल्याण्डमा डिजाइन गरिएको नोकिया ब्रान्डको इजाजतपत्र प्राप्तकर्ता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.