एनसेल फोरजीका साथ अनलाइनमार्फत हेर्नुहाेस् ‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’

  २०७८ असोज ८ गते १२:२५     विकासन्युज

काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’को मजा लिन तयार रहनुहोला । भोलि (असोज ९ गते शनिबार) बाट सुरु हुने ईपीएललाई तपाईंले एनसेल फोरजीका साथ अनलाइनमार्फत नै हेर्न सक्नुहुनेछ ।

नव प्रतिभाहरूको प्रवर्द्धनका लागि खेलकुदमा लगानी गर्नुपर्छ भन्ने विश्वासका साथ एनसेलको ईपीएलसँग सम्झौता गरेको छ । यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेड बाई’ पार्टनरको रूपमा आवद्ध भएको छ र यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास आफुहरुले लिएको एनसेलले जनाएको छ ।

हालको अफ्ठ्यारो समयले गर्दा धेरै मानिसहरू विभिन्न सामाजिक गतिविधिबाट अलग्गिएको विषयलाई ध्यानमा राख्दै एनसेलले आफ्ना ग्राहकहरुसँग डिजिटल माध्यमबाट जोडिरहन यो सम्झौता गरेको जनाएको छ । योसागैं क्रिकेट पारखीले ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् ।

सन् २०१६ देखि शुरु भएको इपिएल अहिले नेपालको ठूलो क्रिकेट लिगमध्ये एक भएको छ । य खेल विश्वका १५५ देशमा प्रसारण हुने तयारी रहेको र ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुनेछ एनसेलले जानकारी दिएको छ ।

ईपीएलअन्तर्गत सन् २०१७ र २०१८ मा अन्तर्राष्ट्रिय खेलाडीहरू पहिलो पटक नेपालमा क्रिकेट खेल्न आएका थिए र यो निकै सफल भएको थियो । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको छ र पाकिस्तानी क्रिकेट ‘लिजेन्ड’ शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.