थप एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

  २०७८ असोज ७ गते १६:५५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार २३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजार २४३ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख ५६ हजार ९५४ सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५।० प्रतिशत रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको ११ हजार ७२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.