यस्तो छ ६ करोडभन्दा बढी पर्ने औडीको विद्युतीय कार

  २०७८ असोज ७ गते १५:३४     विकासन्युज

काठमाडौं । भारतीय कम्पनी औडीले भारतमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले बुधबार भारतीय बजारमा इ–ट्रोन जिटी र आरएस जिटी गाडी सार्वजनिक गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार सो गाडी अहिलेसम्मकै सबैभन्दा बढी सुविधा तथा लक्जरी हुने गाडीमध्येमा पर्छ । सो गाडी पूर्ण रुपमा विद्युतीय भएको र इ–ट्रोन जिटी सबैभन्दा शक्तिशाली विद्युतीय कार भएको बुझिएको छ ।

बुधबार सार्वजनिक विद्युतीय इ–ट्रोन जिटी निकै आरामदायी गाडी हो जुन लक्जरी कारमध्ये पर्छ । नयाँ इ–ट्रोन जिटी ९३ किलोवाट प्रति घण्टाको लिथियम आयन ब्याट्री प्याकबाट चल्ने बताइएको छ ।

यसको इ–ट्रोन जिटी क्वाट्रो बुस्ट मोडमा हुँदा गाडीले अधिकतम ५३० एचपी पावर उत्पादन गर्छ । गाडी शून्यदेखि सय किलोमिटर प्रति घण्टाको रफ्तारमा चलाउन जम्मा ४.१ सेकेन्ड लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार गाडी एक पटकको पूरा चार्जमा ३८८ किलोमिटरदेखि ५ सय किलोमिटरसम्मको माइलेज दिन्छ । गाडीमा २० इन्चको अलोय ह्विल हुनेछ । सो कारको २२ मिनेट चर्चा गर्दा ८० प्रतिशतसम्म हुन्छ । २२ मिनेटको चार्जले ४ सय किमिसम्म गाडी कुद्ने कम्पनीको भनाई छ ।

कम्पनीले एलईडी टेल लाइट्स, १२.३ इञ्चको भच्र्युअल ककपिट, १०.१ इञ्चको टच स्क्रीन इन्फोटेनमेन्ट सिस्टम, कनेक्टेड कार प्रविधि, अटोमेटिक एसी, क्लाइमेट कन्ट्रोल सिस्टम लगायका विशेषता रहेको उल्लेख गरेको छ ।

यसका साथै कारमा दुईटा ड्राभिङ मोड्स (एउटा इको र अर्को डाइनामिक) रहेको बताइएको छ । यो कार ९ वटा रङमा उपलब्ध रहेको बताइएको छ । सेतो, निलो, खैरो, कालो, रातो लगायतका ९ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इ–ट्रोन जिटीको मूल्य २ करोड ५ लाख भारतीय रुपैयाँ पर्ने जनाएको छ । नेपालमा भने सो गाडीको मूल्य तीन गुणासम्म पर्न सक्छ ।

हाल विद्युतीय गाडी नेपालमा भित्र्याउन ७० प्रतिशत भन्सार महसुल लाग्छ । भारतीय २ करोड ५० लाख रुपैयाँको नेपाली रुपैयाँ ३ करोड २८ लाख रुपैयाँ पर्न जान्छ ।

३ लाख २८ लाख रुपैयाँको ७० प्रतिशत भन्सार महसुल २ करोड २९ लाख रुपैयाँ पर्न सक्छ । भन्सार महसुल र भारतीय रुपैयाँ जोड्दा नेपाली रुपैयाँ कुल ५ करोड ५७ लाख ६० हजार रुपैयाँ हुन जान्छ । व्यवसायीले भारतबाट यो कार आयात गर्दा विभिन्न शुल्क तथा नाफा जोडेर यो कारको मूल्य ६ करोड रुपैयाँ बराबर पर्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.