बैंकिङ प्रणालीमा तरलताको अभावः दुई हप्तामै ८० अर्बको रिपो

  २०७८ असोज ६ गते १८:११     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव देखिएपछि नेपाल राष्ट्र बैंक् एकपछि अर्को रिपो जारी गर्न लागेको छ । यसअघि भदौ २४ र ३१ गते गरी कुल ५० अर्ब रुपैयाँ को रिपो जारी गरेको राष्ट्र बैंक्ले पुनः बिहीबार रिपो मार्फत रकम बजारमा पठाउन लागेको हो ।

नेपाल राष्ट्र बैंकले बिहिबार ३० अर्ब रकम प्रणालीमा प्रवाह गर्ने भएको जनाएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै ७ दिने अवधिको रिपो जारी गर्न लागेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामार्फत यो रकम बजारमा पठाउन लागेको हो । सूचनामा व्याजदर भने बोलकबोल बिधिबाट निर्धारण हुने उल्लेख छ । अहिले बैंकिङ प्रणालीमा तरलताको अभाव रहेको भन्दै बैंकहरुबीच निक्षेप खोसाखोस छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.