अशोक लेलैण्डकाे अफर: सुन, बुलेट बाइकेदेखि युराेप टुरसम्म जित्न सकिने

  २०७८ असोज ६ गते १८:१७     विकासन्युज

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गरी ‘दशैँ तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । यस याेजना अन्तर्गत कुनै पनि अशोक लेलैण्डको गाडी खरिदमा ग्राहकले छानी छानी उपहार पाउने छन् ।

चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार याे योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए ।

यस योजना अनुसार ग्राहकले अशोक लेलैण्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छा अनुसार उपहार छानी छानी लान सक्नेछन् । अफर अन्तर्गत अशोक लेलैण्डको दोस्त गाडीको खरिदमा ग्राहकले १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभी जित्न सक्नेछन् ।

यस्तै ग्राहकहरुले प्रत्येक आइसिभी हलऐ, एमसिभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टिभिएस एनटोर्क स्कुटर जित्न सक्नेछन् भने माथि उल्लेखित गाडीहरु मध्ये आइसिभी हलऐज, एमसिभी टिपर वा बस मध्य एकै पटक दुई वटा गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो साथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सिसी जित्न सक्नेछन् ।

साथसाथै कुनै पनि एचसिभी साथै आइसिभी टिप्परको एक वटा गाडी खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो म्याक्स अथवा टिभिएस एनटोर्क स्कुटर जित्न सकिनेछ । त्यस्तै गरी दुई वटा एचसिभी र आइसिभी टिप्परको खरिदमा ६० ग्राम सुन तोला सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सिसी बुलेट बाइक पनि जित्न सक्नेछन् । एचसिभी तथा आइसिभी टिप्परको कुनै पनि गाडीको खरिदमा माथि उल्लेखित उपहार भन्दा अझ थप अफर पनि प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

यो योजना अन्तर्गत बम्परमा तीन जान भाग्यशाली जोडीलाई ५ रात ६ दिने युरोप टुरको पनि अफर ल्याएको कम्पनीले जनाएको छ । कम्पनीकाे अनुसार चाडपर्व लक्षित यो योजना मंसिर ३० गतेसम्म मात्र लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.