चमतीमा वृद्ध विश्राम भवनसहित बन्याे पार्क

  २०७८ असोज ६ गते १७:०४     विकासन्युज

काठमाडौैं । चमती जग्गा एकिकरण आयोजना क्षेत्रभित्र वृद्ध विश्राम भवनसहित पार्क निर्माण सम्पन्न भएको छ । स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको एक रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण भएको हो ।

उक्त भवन र पार्कको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन् । पार्कलाई जेष्ठ नागरिकमैत्री बनाउन ठाउँठाउँमा देवी देवताका मूर्ति समेत राखिएको छ । पार्क निर्माण गर्न काठमाडौं महानगरपालिका, चमती जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौं क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठको संसद कोषको लागानि रहेको छ ।

यसका लागि चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको रकमको जम्मा गरेका छन् । उक्त स्थान काठमाडौं महानगरको वडा १५ क्षेत्रमा पर्छ ।

यस अघि आयोजना क्षेत्रका पार्क कसले निर्माण गर्ने भन्नेमा अन्यौल थियो । आयोजनाको काम ठिला भएको कारण स्थानीयबासीले करीव २० बर्षसम्म दुःख पाइररहेका थियो ।

उक्त स्थानको शिलान्यास गर्दै महानगर प्रमुख शाक्यले हालसम्म ७० वटा भन्दा धेरै पार्कहरु निर्माण भइरहेको बताएका छन् ।

संघीय संसदका सदस्य जीवनराम श्रेष्ठले भने सकिँदै गएको खुल्ला ठाउँ बचाउन आजैबाट प्रयत्न थालिनु पर्ने छ । स्थानीयको जग्गा योगदान पार्क निर्माणको सबल र सबैको संयुक्त प्रयासबाट एउटा देखाउन मिल्ने योजना सम्पन्न भयोको पनि संसद सदस्य श्रेष्ठले भने ।

चमति आयोजना सम्पन्न हुने चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले आयोजना सञ्चालन अवधिमा स्थानीयबाट प्राप्त सहयोगको प्रशंशा समेत गरेका छन् । पूर्वाधारको काम सकिएपछि स्थानीयको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनका लागि काम गर्ने पनि प्रवक्ता डंगोलले बताए ।

निर्माण समितिका संरक्षक पूर्णकाजी ज्यापूले पार्क निर्माण भएपछि स्थानीय सामाजिक जीवनमा परिवर्तन आउने अपेक्षा राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.