सरकारकाे कारण व्यवसाय नै बन्द हुने अवस्था आयाे: केबल टिभी संचालक

  २०७८ असोज ६ गते १३:३७     विकासन्युज

काठमाडौं । नेपाल केबल टेलिभिजन व्यवसाय महासंघले सरकारको कारण व्यवसाय नै बन्द हुने अवस्था आएको आरोप लगाएको छ ।

महासंघले पोल भाडा, गैरकानूनी प्रसारण तथा क्लिनफिड लगायतका सम्बन्धमा सरकारका सम्बन्धित नियकायमा सुझाव, उजूरी गर्दा समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग र नेपाल दुरसञ्चार प्राधिकरण जस्ता नियामक निकायहरु कानून कार्यान्वयनमा उदासिन भएको कारण नेपालमा संचालित सम्पूर्ण केवल टेलिभिजन व्यवसाय नै धरासायी हुने अवस्था सिर्जना भएको आरोप लगाएको हो ।

सरकारले यस विषयमा उचित निर्णय नगरे लाखौंको रोजगारी गुम्ने देखिएको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ,’सूचना तथा संचार क्षेत्रमा प्रयोग हुने पुर्वाधारमा अनेकन शिर्षकमा कर, शुल्क आदिको कारण सेवा प्रदायकहरुले पुर्वाधारमा ठुलो लगानी गर्नु पर्दा ग्राहकलाई उपलब्ध गराउने सेवा सुविधाको गुणस्तर कायम गर्न नसकिएको तथा अन्तर्राष्ट्रिय स्तरको सेवा समेत ग्राहकले प्राप्त गर्न नसक्ने अवस्था सृजना हुँदै गएको छ । पोल भाडाको शुल्क वृद्विको कारण ग्राहक शुल्क वृद्वि हुन जाने भएतापनि हालको ऋयखष्म(ज्ञढ को कारणले अर्थतन्त्रनै तहसनहस भएको बेला सरकारको यो नीतिले उपभोक्तामाथि थप शुल्क वृद्विको आर्थिक भार थोपर्ने प्रष्ट हुन आउँछ ।’

महासंघले हालको अवस्थामा ग्राहकहरु माथि कुनै पनि थप शुल्क वृद्वि नगर्ने पक्षमा रहेको कारण नेपाल विधुत प्राधिकरणको पोल भाडा वृद्विको विषयलाई समाधान गरिदिन माग गरेको छ ।

यस्तो नभएको अवस्थामा महासंघले आन्दोलन गर्ने र सोको परिणामको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.