क्यानका महानिर्देशकले दिए राजीनामा, निमित्तको जिम्मा क्षेत्रीलाई

  २०७८ असोज ६ गते ९:४६     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का निमित्त प्रमुखको जिम्मा राजकुमार क्षेत्रीलाई दिईएको छ । महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसगैँ उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको क्षेत्रीले बताए ।
असोज ८ गते स्वतः अवकाश हुने पोखरेलले तीन दिन अगाडि मंगलबार साँझ पदबाट राजीनामा दिएका हुन् ।

२०४७ साल मंसिर २९ गते सेवाप्रवेश गरेका पोखरेल २०७२ साल असोज ११ गते उपमहानिर्देशका रुपमा बढुवा भएर २०७६ असार १३ गते महानिर्देशक नियुक्ति भएका थिए । १२ औं तहको ६ वर्षे अवधि पूरा गर्दै उनि स्वतः रुपमा अवकाश हुन लागेका हुन् ।

महानिर्देशको कार्यकाल ४ वर्षको भए पनि प्राधिकरणको १२ औं तहमा बढुवा भएपछि ६ वर्षसम्म पदमा रहन पाउने व्यवस्था छ । सोही व्यवस्था अनुसार उनी कार्यकाल अवधिभन्दा अगाडी नै अनिवार्य रुपमा अवकाश पाउनेभएसगैँ राजीनामा दिएका हुन ।

कानुनी रुपमा केही नबुझिएकाले पनि झन्झट बाट टाढै रहनका लागि आफूले राजीनामा दिएको महानिर्देशक पोखरेलले जानकारी दिए ।
पोखरेलले राजीनामा दिएसँगै अब प्राधिकरणमा नयाँ महानिर्देशकको दौड पेचिलो बनेको छ । पर्यटन मन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारको मन्त्रिपरिषद् बैठकमा महानिर्देशक नियुक्तीको प्रस्ताव लैजाने तयारी गरेका छन्।

नयाँ महानिर्देशकको दौडमा पाँच जना देखिएका छन्। प्राधिकरणका दुई जना उपमहानिर्देशकले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।
महानिर्देशकको दौडधुपमा अनिवार्य अवकास पाउन लागेका उपमहानिर्देशक राजकुमार क्षेत्री र भोला गुरागाइँ, राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको निर्देशनालयका निर्देशक प्रदिप अधिकारी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारी महानिर्देशकको दौडमा छन् ।

साथै पर्यटन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखा प्रमुख बुद्धसागर लामिछाने पनि दौड छन्। सरकारले जिम्मेवारी दिए आफू पछि नहट्ने उनको भनाइ छ।

सम्बन्धित समाचार

क्यान महानिर्देशक बन्न ५ जना दौडमा, कसले मार्ला बाजी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.