टिभिएस ग्राण्ड दशैं एक्सचेन्ज मेला मात्र १ दिन बाँकी

  २०७८ असोज ५ गते १९:०५     विकासन्युज

काठमाडौं । भृकुटीमण्डपमा संचालन भइरहेकाे टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेलाकाे भाेली अन्तिम दिन रहेकाे छ । नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले हाल भृकुटीमण्डपमा असाेज १ गतेबाट उक्त मेला संचालन गरिरहेकाे छ ।

यस एक्सचेन्ज मेलामा उपहारको वर्षाको साथै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्नेछन् ।

यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् । त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाख सम्मको आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् र त्यसको लागि नयाँ सवारी किन्न इच्छुक ग्राहकले http://tvsnepal.com/Dashain मा जानु पर्ने हुन्छ

यसैगरी ० प्रतिशत व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको छ । यस अफरमा प्रि-बुकिङ् गरे मात्र पनि ग्राहकहरले २ हजार बराबरको आकर्षक उपहारको पाउनेछन् ।

यस योजनाको मुख्य आकर्षण भने एक्सचेन्जमा ईएम्आइ अफर रहेको छ जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको मुल्याङ्कन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर ५ हजार ९९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर घर लैजान सक्नेछन् । यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएम्आइ र क्यास दुवैको माध्यमबाट विकल्प ल्याएकाे छ । त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का उपहार प्राप्त गर्ने छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.