सिद्धार्थ बैंकद्वारा जोन्ता क्लबलाई आर्थिक सहयोग

  २०७८ असोज ५ गते १७:५२     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले कमलादीस्थित जोन्ता क्लब काठमाण्डौं नेपाललाई चार लाख ९७ हजार सहयाेग गरेकाे छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल सो रकम क्लबका प्रेसिडेन्ट सीमा गोल्छालाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम जोन्ता क्लबले महिलाविरुद्ध हुने हिंसाबारे सचेतना जगाउने चेतनामूलक भिडियोहरुकोे विकास गर्न प्रयोग गर्नेछ । साथै विभिन्न सामाजिक संजालमा उक्त भिडियोको प्रवर्धन गरी हिँसाविरुद्ध आवाज उठाउन प्रोत्साहन गर्ने उद्देश्य जोन्ता क्लबको रहेको छ ।

जाेन्ता क्लब समाजमा भईरहेका भेदभाव, अत्याचार तथा हिंसाको विरुद्धमा आवाज उठाउने लगायत महिलाहरुको हक अधिकारका लागि कार्यहरु गर्दै आईरहेको संस्था हाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.