बजारमा छायो हरियाली, तीव्र उतारचढावबीच दोहोरो अंकको वृद्धि, कारोबार भने घट्यो

  २०७८ असोज ५ गते १५:३४     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले बढेको छ । पछिल्लो समययता निरन्तर ओरालो लागेको बजार आज भने उकालो लागेको छ ।

दिनभर तीव्र उतारचढाव देखिएको मंगलबारको बजार अन्ततः दोहोरो अंकले बढेर बन्द भएको छ ।

समग्रमा नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ बिन्दुमा पुगको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले बढी हो । घटेर न्यूनतम २६१५ बिन्दुसम्म झरेको परिसूचक सोही दिन अधिकतम २७६५ बिन्दुसम्म पुगेको छ । शुरुवातमा ओरालोका बाटो तय गरेपनि अन्ततः हरियो भएर बजार बन्द भएको छ ।

मंगलबार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । कारोबार रकम मात्रै नभई संख्या पनि घटेको छ । दिनभरको बजारमा २२३ कम्पनीको एक लाख ५३ हजार कित्ता सेयर ७ अर्ब ३६ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । अघिल्लो दिनको बजारमा भने ८ अर्ब माथिको सेयर कारोबार भएको थियो ।

कूल कारोबारमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा १२२ कम्पनीको सेयर मूल्य बढेको छ भने ५४ कम्पनीको घटेको छ । त्यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । सेयर मूल्य बढ्नेमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको रहेको छ । पछिल्लो समय लगातार सकारात्मक सर्किट लागेको संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०८८.७० रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.