बुद्धको अफरः माउन्टेन उडानमा एउटा टिकट काट्दा अर्को सित्तैमा

  २०७८ असोज ५ गते १३:०९     विकासन्युज

फाइल फोटो

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले हरेक शनिबारको माउन्टेन उडानमा अफर योजना ल्याएको छ। कम्पनीले मंगलबार अफर सार्वजनिक गर्दै एक टिकट काट्दा एक सित्तैमा रहेको जनाएको छ ।

कम्पनीले हरेक शनिबार माउन्टेन उडानका लागि ९ हजार ९ सय ९९ रुपैयाँ बराबरको टिकट काट्दा अर्काे फ्रिमा दिनेछ । अफरमा दिईने टिकटबाट झालमा बस्न भने पाइनेछैन् ।

बुध्द एयरसँग १५ वटा जहाजमध्ये १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बिचक्राफ्ट जहाजबाट आन्तरिक उडान गर्दै आएको छ भने कोभिड पछि अन्तर्राष्ट्रिय उडान सुचारु हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.