नेपालगंजको पिपरीमा कृषि विकास बैंककाे नयाँ शाखा विस्तार

  २०७८ असोज ५ गते १३:०१     विकासन्युज

काठमाडाैं । कृषी विकास बैंकले बाँके जिल्लाको पिपरीमा नयाँ शाखा विस्तार गरेकाे छ । उक्त शाखाका उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका छन् ।

साे उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि क्षेत्रको विकास गर्ने उद्देश्यले स्थापना भएको कृषि बैंकले अरुलाई जोडने मुल नारा रहेकोले सयम परिस्थिति अनुसार अन्य क्षेत्रलाई समेटदै लगेतापनि कृषि क्षेत्रलाई विषेश जोड दिने बताए ।

कृषकको हित र सहजताको लागी कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउन कृषि विकास बैंकले किसान क्रेडिट कार्ड संचालनमा ल्याएको छ जसको प्रयोगबाट कृषकलाई आवश्यक पर्ने मल, विउ र अन्य सामाग्री खरिद गर्न र नगद भुक्तानी दिन र लिन समेत सहज हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.