मंगलबार ताेलाकाे ३०० ले बढ्याे सुन

  २०७८ असोज ५ गते ११:४९     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य ३ सयले बढेकाे छ । छापावाल सुन साेमबार ८८ हजार ९ सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार २०० तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० कायम गरिएको छ । तेजाबी सुन हिजाे ८८ हजार ४५० मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेकाे छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १४० कायम गरिएको छ । चाँदीको मूल्य साेमबार प्रतितोला एक हजार १३५ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.