सिद्धार्थ बैंकलाई स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण दिने

  २०७८ असोज ५ गते ११:१८     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकलाई सिंगापुरको स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ करोड २० लाख अमेरिकी डलरको ऋण दिने भएको छ । बैंकले हालै सो मात्राको ऋण दिने सुविधा स्वीकृत गरेको हो ।

स्वीकृत ऋण सुविधामध्ये ८० लाख डलर ऋण सुविधा उपलब्ध भइसकेको छ । र, बाँकी ४० लाख अमेरिकी डलर पनि छिटै उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।

उक्त ऋण सुविधाबाट बैंकले प्रदान गरिआएको अन्तराष्ट्रिय व्यापार र तरलता व्यस्थापनमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.