निफ्राले ८.५ प्रतिशत नगद लाभांश दिने

  २०७८ असोज ५ गते १०:५४     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । असोज ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कर समेत सो मात्राको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्छ । त्यसपछि पनि अर्थमन्त्रालयले स्वीकृति दिएपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने कम्पनीले जनाएको छ ।

हाल संस्थाको चुक्ता पुँजी २० अर्ब रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.