एक कराेड ३५ लाख पर्ने सिट्रयुन सिफाइभ एयरक्रस नेपाली बजारमा

  २०७८ असोज ४ गते १७:५३     विकासन्युज

काठमाडौं । फ्रेन्च मोटर कम्पनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साँग्रीला मोटर प्राइभेटले सिट्रयुनको अर्को लोकप्रिय उत्पादन सिफाइभ एयरक्रस नेपालका बिक्री सुरु गरेको छ । कम्पनीले यसकाे अग्रिम बुकिङ्ग खुल्ला गरेकाे हाे ।

सिट्रयुन सिफाइभ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रयुन एसयूभी हो । सिफाइभ एयरक्रसलाई १.६ लिटर पेट्राेल इन्जिनले शक्ति प्रदान गर्दछ जसले १६५ एच.पि. को पावर र २४० एन.एम को टर्क प्रदान गर्दछ ।

यसको सबैभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी हो । यसमा जडान गरिएका युयल प्रोग्रेसिभ सस्पेन्सन कुसनले सिट्रन सिफाइभ एयरक्रस चलाउने र यसमा यात्रा गर्नेलाई अत्यन्त आरामदायी अनुभव गराउने कम्पनीकाे दाबी छ ।

सिफाइभ एयरक्रसको मूल्य १ करोड ३५ लाख निर्धारण गरिएको छ । याे गाडी भारतमा तयार भई सन् २०२२ को पहिलो चौमासिकमा र फ्रान्समा बनेको सिफोर इभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउने कम्पनीले जानकारी दिएकाे छ ।

सिट्रयुन मोटर विगत १०० वर्ष भन्दाबढी समयदेखि उत्पादनमा आई सवारी साधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ । सिट्रयुनको स्थापना सन् १९१९ मा भएको थियो र यसले सन् १९३४ सर्वप्रथम ट्रयाक्सन अभ्यान्ट मोडलको कारबाट मोटर जगतमा सर्वप्रथम फ्रन्ट व्हील ड्राइभ र फोर व्हील इन्डिपेन्डेन्ट सस्पेन्सन जस्तो आधुनिक प्रविधि भित्राएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.