सांग्रिला डेभलपमेन्ट बैंकको ९७औं शाखा वीरगंजमा

  २०७८ असोज ४ गते १७:१२     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै पर्साको वीरगंजस्थित लिंकरोडमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले आज सो शाखा संचालनमा ल्याएको हो । वीरगंज शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.