सोमबार चार लघुवित्तको मात्रै सेयर मूल्य बढ्यो

  २०७८ असोज ४ गते १५:२९     विकासन्युज

काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको सेयर बजार सोमबार पनि उच्च अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा चार कम्पनीको सेयर मूल्य बढेको छ । जसमा सबै लघुवित्त मात्रै रहेका छन् ।

सो दिन मनकामना स्मार्ट, डिप्रोक्स, लक्ष्मी र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । जसमध्ये मनकामना स्मार्टको सेयर भने सर्किट लेभलमा किनबेच भएको छ । संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९८९.८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १५० रुपैयाँले बढी हो ।

त्यस्तै, डिप्रोक्सको २.०४ प्रतिशतले बढेर प्रतिकित्ता १६४८ रुपैयाँ पुगेको छ । लक्ष्मीको १.९९ प्रतिशतले बढेर प्रतिकित्ता २०२७ रुपैयाँ र नयाँ सारथीको २ रुपैयाँले बढेर प्रतिकित्ता १४७२ रुपैयाँ पुगेको छ ।

सोमबार १८१ कम्पनीको सेयर मूल्य भने घटेको छ । जसमध्ये २४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।

समग्रमा सोमबारको नेप्से परिसूचक २७०० बिन्दु तल झरेको छ । सो दिनको परिसूचक ११४.०२ बिन्दुले झरेर २६९८.२८ बिन्दुमा झरेको हो । कारोबार शुरु भएदेखि नै निरन्तर रुपमा ओरालो लागेको परिसूचक अघिल्लो कारोबारको तुलनामा ४.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै, बजारमा ८ अर्ब ४९ रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ रहेको छ ।

त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ८०० अंकले ओरालो लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.