सेयर बजारमा चरम निराशा, १११ अंकले घट्यो नेप्से परिसूचक

  २०७८ असोज ४ गते १३:३९     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ ।

दिउँसो १ बजेर ३३ मिनेट जाँदा परिसूचक ३.९६ प्रतिशतले घटेर २७००.८० बिन्दुमा झरेको छ । यो अवधिमा २२३ वटा स्क्रिप्सको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ ।

त्यस्तै, यो समाचार तयार पार्दासम्म २ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी समूह १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.