बुटवल उपमहानरका मेयर सुवेदीमाथि हातपात

  २०७८ असोज ४ गते १३:२९     विकासन्युज

काठमाडौं । बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवल ज्योतिनगरका पहिरो पीडितले उनलाई हातपात गरेका हुन् ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए । सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले भन्दै आक्रोशित भएर उनीहरुले हातपात गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.