मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब कर छलियो, छानविन होस्ः सांसद सुवाल

  २०७८ असोज ४ गते १२:१२     विकासन्युज

काठमाडौं । नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर र एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलि भएको र त्यसको छानविन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद सुवालले यस्तो माग गरेका हुन् ।

‘बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्वीजीसनमा साढे ४ अर्ब रुपैयाँ कर छलिएको छ, यसको छानविन गरी दोषीमाथि कारबाही होस्,’ सांसद सुवालले प्रतिनिधिसभामा आर्थिक अध्यादेशमाथि छलफल गर्दै भने ।

उनले ठूला उद्योग र उद्योगीलाई कर छुटको नाममा भ्रष्टाचार गरेको भन्दै यस्तो छुट साना तथा मझौला उद्योग व्यवसायलाई मात्रै दिनुपर्ने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.