२०० रुपैयाँले घट्यो सुनको मूल्य

  २०७८ असोज ४ गते १२:०७     विकासन्युज

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय तोकिएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ । तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ कायम गरिएको छ । चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.