प्रि ओपनिङ्गमा ५ अंकले बढेको नेप्से परिसूचक १५ मिनेटमै ५४ अंकले घट्यो

  २०७८ असोज ४ गते ११:१८     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारले ओरालोको बाटो तय गरेको छ । प्रि ओपनिङ्गमा ५ अंकले बढेको नेप्से परिसूचक कारोबार शुरु भएको १५ मिनेटमै ५४ अंकले ओरालो लागेको छ । यो अवधिमा परिसूचक २७५८ बिन्दुमा रहेको छ । पछिल्लो कारोबारको तुलनामा १.९३ प्रतिशतले घटी हो ।

यो अवधि (११ बजेर १५ मिनेट जाँदा) सम्म १८२ कम्पनीको ४८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । संस्थाको ४ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.