वेस्टर्न युनियन क्यास उत्सव: दशैँ र तिहारमा दैनिक २० हजार जित्न सकिने

  २०७८ असोज ३ गते १७:१२     विकासन्युज

काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहरालाई लक्षित गरेर ‘क्यासउत्सव’ याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत असोज १ गते देखि कार्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।

यस याेजनामा सहभागी हुन ग्राहकले नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिट बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार जित्नेछन् । यस बाहेक याेजना अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् ।

यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ जसमा १ जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँ जत्नेछ । हरेक उपहार रकममा नेपाल सरकारको नियम बमोजिम २५ प्रतिशत कर कट्टा गरी भुक्तनी दिइने कम्पनीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.