न्यायाधिशलाई सरकारले दिएको पदक अस्विकार गर्न नेम्वाङकाे आग्रह

  २०७८ असोज ३ गते १५:५८     विकासन्युज

काठमाडाैं । नेकपा(एमाले)का स्थायी कमिटी सदस्य सुवाश नेम्वाङले सरकारले दिएको पदक फिर्ता गर्न न्यायाधिशहरुलाई आग्रह गरेका छन् ।

आइतबार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेता नेम्ङवाले केपी शर्मा ओली नेतृत्वको नेकपा(एमाले)को सरकारकाविरुद्ध भुमिका खेल्ने तथा सर्वोच्च अदालतमा मुद्दा मामिलाको प्रक्रियामा जाने कानून व्यवसायी लगायतका व्यक्तिहरुले सरकारबाट पदक पाएको भन्दै यो काम बेठिक भएको बताए ।

उनले भने, ‘त्यो सरकारलाई विस्थापित गर्ने र परमादेशबाट सरकार स्थापित भएको घोषणा गर्ने अदालतका सम्बन्धित मान्य न्यायाधिशहरु, त्यो सरकारका विरुद्धमा मुद्दा दर्ता गर्नका लागि सम्पूर्ण पहल र प्रयास गर्ने मुद्धावालाहरु, त्यसका पक्षहरु उहाँहरुले मेडल पाउनुभएछ । महत्वपूर्ण मेडल । एकजना साथी दिल्लीमा हुनुहुन्थ्यो दिल्लीबाटै पार्टी फुटाउन भुमिका खेल्नुभयो, उहाँले पाउनुभएछ । दुईजना नेताहरु यही रहेर क्रियाशील हुनुहुन्थ्यो उहाँहरुका परिवार अस्वीकार गरेको घोषणा गर्दिनुस् । मेरो मान्य न्यायाधिशज्यूहरुलाई यो आग्रह छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.