केएफसीले काठमाडौंमा खोल्यो आठौं शाखा, एक पटकमा ४० जनाले सेवा लिन सक्ने

  २०७८ असोज ३ गते ११:२२     विकासन्युज

काठमाडौं । अन्तराष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले काठमाडौं उपत्यकामा आठौं शाखा खोल्दै नेपालमा १०औं आउटलेट विस्तार गरेको छ । काठमाडौंको नक्सालमा रहेको भाटभटेनी डिपाटमेन्टल स्टोरको प्रङ्गणमा खोलिएको केएफसी रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ ।

नयाँ आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकार जस्तै हट एण्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ ।

केएफसीले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छ । जसका लागी ४ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाई निर्मलिकरण गर्ने गर्दछ ।

केएफसीका कर्मचारीहरुले हरेक ग्राहकलाई सेवा दिए पश्चात आफ्ना हात र झोला निर्मलिकरण गर्ने गर्दछन् । हरेक ग्राहक बिच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरामा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच समाजिक दुरी कायम राख्न स्टिकर लागयत समानको प्रयोग गरि अझ व्यवस्थित गरिएको छ ।

१६४० वर्ग फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ४० जना ग्राहकहरुले सेवा लिन सक्नेछन् । रेटुरेन्टले हाल बिहान ९ बजेबाट रातको ८.३० बजेसम्म डाइन–इन, टेक अवे र होम डेलिभरी मार्फत सेवा दिइरहेको छ । साथै, केएफसीका परिकारहरु होम डेलिभरी कम्पनीहरु फूड बस्टर, फूडमान्डु र भोजडिलद्वारा अनलाइन अर्डर गरी घरैमा मगाउन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.