मोटरहेडको नयाँ माेटरसाइकल टेक्केन आर २५० नेपाली बजारमा, मूल्य ४ लाख ताेकियाे

  २०७८ असोज १ गते १७:३९     विकासन्युज

काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेडको नयाँ मोटरसाइकल टेक्केन आर २५० को नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबार उक्त मोटरसाइकल नेपालमा सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो ।

यस मोटरसाइकलको शुरुवात मूल्य ४ लाख ५ हजार रुपैयाँ तोकिएको छ, जुन कम्पनीको अनुसार सीमित समय अवधिको लागी मात्र उपलब्ध हुनेछ । यो दुई आकर्षक रंग र ग्राफिक्समा उपलब्ध छ ।

यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ भने यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ ।

एसएलआर टेक्नो एण्ड ट्रेड (एसजी समूहको एक सहायक कम्पनी) मोटरहेड मोटरसाइकलको नेपालको लागी अधिकृत विक्रेता हो, जसले विश्वमै परिचित अफ रोड मोटरसाइकलहरु चीनबाट आयात गर्दछ ।

एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेड ब्रान्ड ५ वर्षदेखि नेपालको दुईपांग्रे बजारमा– डर्ट सेगमेन्टको रूपमा परिचित गराएको छ । त्यसबाहेक, कम्पनीले क्रसओभर र स्क्रयाम्बलर सेगमेन्टहरुलाई पनि नेपालमा लोकप्रिय बनाउन सफल भएकाे छ ।

मोटरहेडको हाल प्रमुख शहरहरुमा थ्रीएस सुविधा (बिक्री, सेवा र स्पेयर) सहित १४ वटा डिलर आउटलेटहरु छन् । धोबीघाट –३, ललितपुर कलंगा कम्पलेक्स परिसरमा यसको कर्पोरेट शोरूम रहेको छ । कम्पनीले भर्खरै धादिङ्ग, मन्थली र कावाशोतीमा ३ अतिरिक्त थ्रीएस आउटलेट ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.