महालक्ष्मी नगरपालिकामा नव नियुक्त नगर प्रहरीकाे ३० दिने तालिम सम्पन्न

  २०७८ असोज १ गते १६:५८     विकासन्युज

काठमाडौं । महालक्ष्मी नगरपालिकामा नव नियुक्त नगर प्रहरीका लागि सञ्चालित ३० दिने आधारभूत तालिम सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिका ललितपुरका नगरप्रमुख रामेश्वर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

नगरपालिकाले हालै १ जना नगरप्रहरी नायव निरीक्षक, २ जना नगरप्रहरी सहायक निरीक्षक र ११ जना नगर प्रहरी जवान गरी कूल १४ जना करार सेवामा नियुक्त गरेको छ ।

कार्यक्रमको सञ्चालन प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले गरेका थिए । कार्यक्रममा नगर प्रहरीहरुले कवाज प्रदर्शनीका साथै सुरक्षा र अग्नी नियन्त्रण सम्बन्धी ड्रिल प्रदर्शन गरेका थिए ।

यस्तै साे कार्यक्रममा नगरप्रमुख रामेश्वर श्रेष्ठले नगर प्रहरी नायब निरीक्षक र नगर प्रहरी सहायक निरीक्षकहरूलाई दर्जानी चिन्ह प्रदान गरेका थिए ।

नगर प्रमुख श्रेष्ठले ‘स्वच्छ, सफा, समृद्ध, सुन्दर – महालक्ष्मी नगर’ भन्ने लक्ष्य प्राप्त गर्न नगर प्रहरीहरूको समेत महत्वपूर्ण भुमिका रहनेहुँदा सोही लक्ष्य प्राप्तिका लागि नगरपालिकाको नीतिलाई अक्षरशः कार्यान्वयन गर्ने तथा सहयोग गर्नु नगर प्रहरीहरूको मुख्य कार्य रहने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.