ग्लोबल आइएमई बैंकको ८.५० प्रतिशत डिबेन्चर नेप्सेमा सूचीकृत

  २०७८ असोज १ गते १६:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । १० वर्ष अवधि रहेको यस ऋणपत्रमा वार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा व्याज प्रदान गरिनेछ ।

यस ऋणपत्रलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल लिमिटेडले ‘ए’ रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटिङ्गले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्युन रहेको जनाउँदछ । ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिंगलाई पनि रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले हालै ‘ए’ बाट ‘ए’ मा स्तरवृद्धि गरेको थियो ।

बैंकको पर्याप्त तरलता तथा पूँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय संजाल, स्वस्थ व्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवद्र्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदि जस्ता तथ्यको आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तर वृद्धि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.